Spread the love

बुटवल, ५ मंसिर ।
चन्द्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–६ को तेस्रो अधिवेसनबाट केशव कुँवरको नेतृत्वमा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न अधिवेसनबाट उपाध्यक्षमा पम्फा थापा, सचिव ईश्वरी पोखरेल, कोषाध्यक्ष शालिकराम थापा, सहसचिव प्रभा पाण्डे तथा सदस्यहरुमा हरि भुषाल, जुना पाण्डे सर्वसम्मत निर्वाचित भएका छन ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले बुटवलका धेरै खानेपानीका परियोजनाहरु कानुनी र प्राविधिक कारण अलपत्र भएको बताईन । झुम्सा खानेपानी बुटवलमा ल्याउन धेरै प्रयास गरेपनि पुरा हुन नसकेको भन्दै उनले यसमा हिलपार्कमा खानेपानीको समाधान हुने गरि परियोजना ल्याएको समेत रोकिएको दुखेसो गरिन । ‘संघिय, प्रदेश र स्थानिय सरकारभन्दा माथि वन समितिको अधिकारकै कारण बढ्न सकेन ।’–उनले भनिन ।

संस्थाका अध्यक्ष भिम तुलाचनले सामुहिक योगदान र सक्रियतामा बुटवलमा पहिलो पटक डिप बोरिङ गरिएको बताए । सो क्षेत्रमा रहेको खानेपानीको समस्या समाधान भएपनि बजेट अभावको कारण परियोजना पुरा हुन नसकेको उनले बताए । नेपाल सरकारको बहुवर्षिय कार्यक्रम अन्तरगत बिनियोजना भएको ३ करोड रुपैयाबाट वाटर फिल्ट्रेसन प्लान्ट जडान, अन्डरग्राउण्ड पानी टंकी निमार्ण, वितरण पाईप बिस्तार, विद्युतिकरण र फिल्ट्रेसनका अन्य आवश्यक साधनहरुका काम हुन नसकेको उनले बताए ।

कार्यक्रममा वडा नं ६ का अध्यक्ष लोकनाथ न्यौपानेले संस्थागत पारदर्शिताबारे प्रश्न उठाउदै विगतमा भएका कमीकमजोरीहरुलाई समाधान गर्दै लग्नुपर्ने बताए । स्थानिय विकासको अभियानमा स्थानिय सरकार सधै साथमा रहने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा लिट्स कलेजका अध्यक्ष बसन्तराज खनाल, चन्द्रनगर टोल विकास संस्थाका अध्यक्ष शालिकराम थापा, दुर्गा पान्चायन टोल विकास संस्थाका देवि शर्मा, नारीशक्ति आमा समुहका अध्यक्ष सिता भट्टराई बन्जाडे, संस्थापक अध्यक्ष माया पाठक, उपभोक्ता तुल्सीराम बन्जाडे, संस्थाका सचिव माधव श्रेष्ठले पिउनेपानीको समस्या र समाधानमा सरकारको पहल जरुरी रहने बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण पोख्रेलले संस्था स्थापना र निरन्तर भैरहेको विकासक्रमबारे प्रकाश पारे । बिसं २०६६/६७ सालमा स्थापना गरिएको संस्था खानेपानीको काम अघि बढेको स्मरण गरे । खानेपानीको चरम अभावको बेला स्थापना गरि संस्थाबाट धेरै महत्वपूर्ण कामहरु भएको उनले बताए । हाल संस्थाबाट ३ वटा बोरिङ, भवन लगायतको पूर्वाधारबाट २ सय बढी घरधुरीमा पिउनेपानी वितरण गरिरहेको उनले बताए ।

कार्यक्रममा खानेपानी तथा सरसफाई कार्यालय योगिकुटीका प्रमुख प्रकाश केसीले हाल देशभर नै खानेपानीको परियोजनाहरु बजेट अभावमा अलपत्र परिरहेको दुखेसो गरे । ‘संघिय सरकारबाट परिचालन भएका आयोजनाहरुमा बजेट कटौती हुदा कठिनाई भएको छ ।’–उनले भने ।

संस्थाको आर्थिक प्रगति विवरण पेश गर्दै कोषाध्यक्ष मुक्तिप्रसाद सापकोटाले जनशक्ति अभाव र कार्यालय ब्यवस्थापनको क्षेत्रमा धेरै काम बाकी रहेको बताए । पिउनेपानीको पाईटहरु टुटफुट हुने र त्यसको मर्मतका लागि स्थाई प्लम्बरको अभाव देखिएको उनले बताए । हाल न्यूनतम मासिक ३ सय रुपैयामा पिउनेपानी उपभोक्ताहरुलाई उपलब्ध गराउदै आएको उनले बताए ।

">
Bajaj Grand Exchange Mela