Spread the love

मोरङ । मोरङको रंगेलीबाट २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट भारतीय दम्पती र उनीहरूका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी टोली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई चेकजाँच गरेको थियो ।

सो क्रममा ४० वर्षीया सकुन्तला पासवानले दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित अररिया जिल्ला, बोका मोजदार–२ मुस्लिम टोलका ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया पत्नी सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान रहेका छन् ।

तीनै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

">
Bajaj Grand Exchange Mela