Spread the love

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान रिहा भएका छन्। ६५ वर्ष उमेर पुग्न लागेका रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएपछि रिहा भएका हुन्।

उनको कैद कट्टासहित रिहाइका लागि काठमाडौं जिल्ला अदालतले डिल्लीबजार कारागारमा संशोधित कैदीपुर्जी पठाएको थियो। सोही पुर्जीका आधारमा उनी कारागारमुक्त भएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाइएको थियो। उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए।

ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार पाएको कैद छुटपछि उनको सजाय अवधि पूरा हुनुअघि नै रिहाइ भएको हो।

">
Bajaj Grand Exchange Mela