Spread the love

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण रोमाञ्चक बन्दै गएको छ। लिग चरणका खेलहरू अघि बढ्दै जाँदा प्लेअफमा पुग्ने चार टोलीको प्रतिस्पर्धा थप रोचक बनेको छ । मंगलबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले अंकतालिकामा आफ्नो स्थिति बलियो बनाएको छ ।

६ खेलबाट चार जित निकालेको सुदूरपश्चिम ८ अंकसहित दोस्रो स्थानमा पुगेको छ । यसअघि पाँच खेलमा चार जित निकालेको काठमाडौं गोर्खाज पनि ८ अंकसहित शीर्षस्थानमा छ । नेट रनरेटका आधारमा काठमाडौं अगाडि रहेको छ । लुम्बिनी लायन्स ५ खेलबाट ७ अंकसहित तेस्रो स्थानमा छ । एक खेल वर्षाका कारण नतिजाविहीन भएको लुम्बिनीले तीन खेल जितेको छ । लुम्बिनीको नेट रनरेटसमेत उत्कृष्ट रहेकाले टोली शीर्ष दुईमा उक्लिने सम्भावना बलियो छ ।

अंकतालिकामा यस्तो छ अवस्था
मंगलबार सुदूरपश्चिम र जनकपुरबीचको खेल सकिएपछिको उपलब्ध अंकतालिकाअनुसार टोलीहरूको अवस्था यस्तो छ ।

">
Bajaj Grand Exchange Mela