Spread the love

रुपन्देही । रुपन्देही प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइँदै गरेको मोबाइलका पार्टपुर्जा तथा एक मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट आइतबार बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एएन ०८३० नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको मोबाइलका विभिन्न पार्टपुर्जा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामानमा मोबाइल टेम्पर्ड ग्लास १ हजार ३१ थान, ग्लुसहितको कभ्र्ड ग्लास २४० थान, आइफोनको ब्याट्री ४३ थान, एयरबड्स १०० थान, आइफोन ब्याक प्यानल १४६ थान, एन्ड्रोइड ब्याक प्यानल ६ थान र एन्ड्रोइड ब्याट्री १०३ थान रहेका छन् । बरामद सामानको अनुमानित मूल्य ६ लाख ६२ हजार ६७० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । त्यस्तै, सामान ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकलको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामान र मोटरसाइकलको कुल अनुमानित मूल्य ७ लाख १२ हजार ६७० रुपैयाँ रहेको छ । बरामद सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

">
Bajaj Grand Exchange Mela