बुटवल, २२ कार्तिक ।
दशौ राष्ट्रिय प्रतियोगिता २०८३ मा सहभागी हुने लुम्बिनी प्रदेशका लन टेनिस खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ । लुम्बिनी प्रदेश लन टेनिस संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनीको समन्वयमा शनिबार देविनगरस्थित लनटेनिस कोर्टमा भएको कार्यक्रमका बिच खेलाडी छनौट सम्पन्न भएको हो ।
छनौट हुने खेलाडीहरुमा सुमन थारु (बर्दिया), मेघेन्द्र प्रकाश गिरी (बर्दिया), हिमाल शाह (दाङ), विष्णु प्रसाद चापागाई (रुपन्देही), विवेक कुवर (गुल्मी) रहेका छन ।
एक कार्यक्रमका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव तिरणराज गौतम, लन टेनिस संघका केन्द्रिय सदस्य गोपाल ज्ञवालीले छनौट भएका खेलाडीहरुलाई प्रमाणपत्र वितरण गर्दै सफलताको शुभकामना दिए ।





















