Spread the love

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीसहित विभिन्न प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास बनेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना छ। हाल कोशी र बागमतीका अधिकांश भू–भाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा बदली रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना छ। वर्षासँगै चट्याङको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्