बुटवल, ५ असोज ।
बुटवलमा भएको बुटवल कोरा २०२६ साईकल इभेन्टबाट संकलन भएको रककम एक जना सडक दुर्घटनाका घाईतेको उपचारमा सहयोग गरिएको छ । देवदह नगरपालिका, चरङेका सुरज रानाको उपचारमा सहयोग पुग्ने गरि रानाको श्रीमति रिता रानालाई शनिबार नगद १० हजार रुपैया हस्तान्तरण गरिएको हो ।
एक समारोहका बिच स्थानिय समाजसेवी मनकुमार कनौजिया, युवा विश्वास गुरुङ, किशन केसी, बुटवल युनाईटेड साईक्लिङ क्लबका सचिव राजु तिवारी, कार्यक्रम संयोजक दिपक केसी, अभिषेक भारी, युवराज भुषाल, रबिलाल सुवेदी, जनक रानासहितको टिमबाट रकम हस्तान्तरण गरिएको हो । सडक दुर्घटनामा परी हाल आईसियूमा उपचाररत रानाको आर्थिक अवस्था कमजोर रहेको जनाइएको छ । उपचारमा सहयोग पु¥याउने उद्देश्यले समुदायस्तरबाट समेत आर्थिक सहयोग जुटाइएको समाजसेवी मनकुमार कनौजियाले बताए ।
बुटवलमा साईकलसंगै स्वास्थ्य र सामाजिक उत्तरदायित्वको अभियानमा विभिन्न साईकल समुहहरु अग्रसर रहेका छन । यसवर्ष मणिमुुुकुन्द कलेजको सहयोगमा बुटवल युनाईटेड क्लब र बुटवल साईकल ग्रुपका दुई दर्जन साईक्लिस्टहरु कोरामा सहभागी भएका थिए ।



















