काठमाडौँ,२० भदोै ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका मध्ये हालसम्म एक हजार ३ सय ४४ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार सोही बाढीमा परी चार हजार ८ सय ९८ जना अझै सम्पर्कविहीन छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेकामध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४ सय ८९ पुरुष तथा ५ सय १ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका छन् ।
प्रहरी नायब महानिरीक्षक काफ्लेका अनुसार अझै चार हजार ८ सय ९८ जना सम्पर्कविहीन छन् । फेला परेकामध्ये एक हजार ३० शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको र बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरलिे जनाएको छ ।




















