बुटवल, ११ असार ।
काठमाडौंमा सम्पन्न मदन भण्डारी कप यु –१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको उपाधि टिपटप न्यू डायमण्डले जितेको छ । फाइनलमा न्यू डायमण्डलाई ३–० का सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमण्डले उपाधि चुमेको हो । उपाधिसंगै टिपटपले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता न्यू डायमण्ड भने नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा काठमाडौंको मुलपानीस्थित गणेश हिमाल सेकेण्डरी स्कुल तेस्रो स्थान हासिल गर्दै नगद ३० हजार तथा सिन्धुपाल्चोकको हेलम्बुस्थित सरस्वती सेकेण्डरी स्कुल चौथो स्थान हासिल गर्दै नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । यसैगरि प्रतियोगिताको विधागततर्फ न्यू डायमण्डकी निशा महर सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद १० हजार रुपैयाँबाट पुरस्कृत भईन ।
त्यसैगरी न्यू डायमण्डकै जेनिशा विश्वकर्मा उत्कृष्ट स्पाइकर, न्यू डायमण्डका नमसरा राना उत्कृष्ट सेटर, टिपटक न्यू डायमण्डकी सलिना गुरुङ उत्कृष्ट ब्लकर, न्यू डायमण्डकी ईलिसा श्रेष्ठ उत्कृष्ट सर्भर, न्यू डायमण्डकी ग्रिष्मा गुरुङ उत्कृष्ट डिफेन्डर तथा कुमार राई उत्कृष्ट कोच घोषित हुदै जनही ५ हजार रुपैयाँसहित कपबाट पुरस्कृत गरिएको छ । प्रतियोगितामा ८ टिमले प्रतिस्प्रर्धा गरेका थिए ।
एक समारोहका बिच एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, खेल संयोजक राम केसी, अन्तराष्ट्रिय रेफ्री चन्द्रबन्दना राई लगायतले विजेता, उपविजेता टिमलाई पुरस्कार वितरण गरे ।




















