Spread the love

सिराहा, ११ असार ।
सिराहाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बा.प्र. ०१–०३२ च ८९७१ नम्बरको ईभी कार विद्युत् पोलमा ठोक्किएर अनियन्त्रित भई सडक छेउको नालामा खसेको थियो ।

दुर्घटनापछि कार चालकले बोलाएको प्र.२–०४–००१ च ००३३ नम्बरको सेतो बोलेरो पिकअपमा भाग्ने क्रममा मिर्चैया नगरपालिका–८ भगवतपुर निवासी गुनाई ठाकुर घाइते भएका थिए । उनको उपचारका क्रममा सप्तरीस्थित हमेश्वरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका बोलेरो चालक मिर्चैया नगरपालिका–८ निवासी २३ वर्षीय चन्दन रायलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

दुर्घटनामा मिर्चैया–८ भगवतपुर निवासी ३९ वर्षीय रामपुकार ठाकुर, सोही स्थानका १० वर्षीय एक बालक, ६ वर्षीय सुमन शर्मा तथा मिर्चैया नगरपालिका–६ निवासी ३२ वर्षीया सुभली कुमारी यादव घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्