Spread the love

गुल्मी, ११ असार ।

गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा एक व्यक्तिले आफ्नी दोस्रो श्रीमतीको हत्या गरेका छन् । यसअघि पहिलो श्रीमतीको हत्या अभियोगमा जेल सजाय भोगेका उनी कैदमिनाहपछि रिहा भएका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ४१ वर्षीय यामबहादुर कुमालले मादक पदार्थ सेवनपछि आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पटले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी मुनालाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल तम्घास पु¥याए पनि उपचारकै क्रममा बुधबार मृत्यु भएको हो ।

प्रहरीले घटनामा संलग्न यामबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ । स्थानीयका अनुसार यामबहादुरले मंगलबार दिउँसै श्रीमतीमाथि कुटपिट गरेका थिए । राति पुनः कुटपिट गरेपछि उनको मृत्यु भएको र शव छिमेकीको घरनजिक फालिएको अवस्थामा फेला परेको थियो । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इस्मा गाउँपालिका–५ का वडाध्यक्ष झविन्द्र अर्यालका अनुसार मृतकको शव छिमेकी भोजराज भण्डारीको घर पछाडिको क्षेत्रमा फालिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार यामबहादुर यसअघि पनि पहिलो श्रीमतीको हत्या अभियोगमा जेल सजाय भोगेका व्यक्ति हुन् । संविधान दिवसको अवसरमा कैदमिनाह पाएर रिहा भएका उनी पुनः श्रीमती हत्या प्रकरणमा पक्राउ परेका छन् । यामबहादुरका पहिलो श्रीमतीतर्फ तीन सन्तान र दोस्रो श्रीमतीतर्फ एक सन्तान रहेका छन्। दुवै आमाको मृत्यु र बाबु पुनः कानुनी प्रक्रियामा परेपछि चारै जना बालबालिकाको भविष्यप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्