Spread the love

काठमाडौं ।

डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी (मह) गुणस्तरहिन भएको पुष्टी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनका क्रममा संकलन गरेको डाबर हनी ब्राण्डको मह गुणस्तरहिन प्रमाणित भएको हो ।

विभागले बुधबार खाद्य पदार्थ फिर्ता गर्ने सम्बन्धि आदेश जारी गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम संकलन गरिएको डाबर हनी प्रयोगशालामा परिक्षण गर्दा न्युन गुणस्तरको पाइएको जनाएको छ । विभागले एनबी ००४७७ ब्याच नम्बर रहेको डाबर हनी बिक्रीवितरण नगर्न र बजारमा वितरण भइसकेको सामान समेत फिर्ता गर्न उत्पादकलाई निर्देशन दिएको छ ।

‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा ४ बमोजिम बिक्रीवितरण नगर्न र नगराउनुहुन महानिर्देशकज्युको निर्देशनानुसार सम्बन्धित उत्पादकलाई यो आदेस जारी गरिएको छ ।’ विभागको आदेशमा उल्लेख छ ।

यसअघि विभागले यशोदा फुडद्वारा उत्पादित लाली र करेन्ट चाउचाउलाई पनि गुणस्तर मापदण्ड अनुरुप नभएको भन्दै बिक्रीविरण नगर्न र बजारबाट समेट स्टक फिर्ता गर्न आदेश दिएको थियो । विभागको आदेशमा यशोदा फुडले भण्डारण ठिक नभएर गुणस्तर मापदण्ड नपुगेको भन्दै सुरक्षित भण्डारणका लागि बिक्रेताहरुलाई आग्रह गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्