Spread the love

काठमाडौं,३ जेठ । धेरैपटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागको सगरमाथा आधार शिविरस्थित अस्थायी कार्यालयका अनुसार उनले आइतबार बिहान १०ः१२ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।

५६ वर्षीय शेर्पाले गत साल जेठमा ३१औं पटक सगरमाथाको आरोहण गरेका थिए । शेर्पाले पहिलो पटक सगरमाथा सन् १९९४ मा आरोहण गरेका थिए । माउन्टेन क्विन उपनामले परिचित लाक्पा शेर्पाले आइतबार बिहान साढे ९ बजे ११औं पटक सगरमाथाको आरोहण गरेकी छिन् । उनले महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्वकीर्तिमान कायम गरेकी छन्।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्