काठमाडौँ,१६ वैशाख । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरेको छ । इन्धनको मूल्य बढेसँगै विभागले पुनः सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो ।
बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ । विभागले अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा र तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५–५ प्रतिशतले भाडा बढाएको उल्लेख गरेको छ ।
यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो ।
सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ । हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ । विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । विद्युतीय सवारीसाधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ






















