बुटवल, १ बैशाख ।
बुटवलमा हुने दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी तिब्र चलिरहेको छ । नया वर्ष २०८३ संगै बुटवलको रामनगरमा आयोजना हुने प्रतियोगिताको लागि खेलमैदान मर्मत सम्हारको काम एक महिनादेखी चलिरहेको छ ।
मैदानलाई विशेष रेखदेखसंगै नियमित पानी राख्ने काम गरेसंगै मैदान हरियाली भएको छ । मैदानको संरक्षणमा थोरै भएपनि ध्यान दिन सके सुन्दर बन्ने उदाहरण पेश भएको छ । लखन ब्रदर्शका अध्यक्ष सुदिप खत्रीसहित टिम स्टेज बनाउनमा तल्लिन छन ।
पहिलो संस्करण भब्य रुपमा सम्पन्न गरेको संस्था दोस्रो संस्करण पनि भब्य रुपमा सम्पन्न गर्ने तयारीमा रहेको छ । लखन ब्रदर्श बुटवलमा सामाजिक र खेलकुद विकासमा निरन्तर योगदान गरेको पहिचान बनाएको छ ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1


















