Spread the love

काठमाण्डौ, १७ चैत ।
कूपर कोनोलीले डेब्यू खेलमै अर्धशतक प्रहार गरेपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुवात गरेको छ । मंगलबार मुल्लानपुरमा भएको खेलमा गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गर्दै पन्जाबले २ अंक जोडेको हो । गुजरातले दिएको १६३ रनको लक्ष्य पन्जाबले ५ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा ग¥यो ।

अस्ट्रेलियाका २२ वर्षीय अलराउन्डर कोनोलीले बलिङ नगरे पनि ब्याटिङमा ४४ बलमा ५ चौका र ५ छक्कासहित अविजित ७२ रन बनाए । ओपनर प्रभसिमरन सिंहले ३७ रन बनाए । कप्तान श्रेयस अय्यरले १८ रन बनाए ।

इम्प्याक्ट सबका रूपमा दोस्रो इनिङमा मैदान प्रवेश गरेका प्रसिधले १० ओभरपछि बलिङ पाएका थिए । उनले आफ्नो सुरुवाती १० बलमा ३ रन मात्र दिएर ३ विकेट लिँदै पन्जाबलाई दबाबमा राखेपनि सेट ब्याटर कोनोलीले पन्जाबलाई जित दिलाए । प्रसिधको ३ विकेटसहित वासिङटन सुन्दर, कगिसो रबाडा, अशोक शर्मा र राशिद खानले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । सुरुवात राम्रो गरेको भएपनि गुजरातले फिनिसिङ राम्रो गर्न सकेन ।

कप्तान शुभमन गिलले ३९ तथा जस बट्लरले ३८ रन बनाए । १० ओभरमा ८४–२ को अवस्थामा भएको गुजरातले थप १० ओभरमा ७८ रन बनायो । ग्लेन फिलिप्सले २५ तथा वासिङटन सुन्दरले १८ रन बनाए । पन्जाबका लागि विजयकुमार वाइसाकले ४ ओभरमा ३४ रन दिएर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए । मार्को यानसेनले ४ ओभरमा २० रन दिएर १ विकेट लिए । आईपीएलमा बुधबार दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्ने छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्