बुटवल,१५चैत ।
काठमाण्डौ र पोखरा पछि बुटवल लन टेनिसको हब बनेको छ । ४ वटा कोर्टसहितको सुविधासम्पन्न मैदान बुटवलमा छ । खेलाडीहरु नियमित अभ्यास गर्छन । बुटवल लनटेनिस क्लब र रुपन्देही लनटेनिसमात्र नभई प्रदेशस्तरको लनटेनिस सघमा समेत राम्रो पकड यहाका खेलाडी र पदाधिकारीहरुको छ ।
उमेर समुहका युवा खेलाडी उत्पादनमा समेत योगदान रहेको छ । सोमबारदेखी बुटवलमा आठौ बुटवल खुला राष्ट्रिय तथा चौथो मेयर कप लनटेनिस प्रतियोगिता २०८२ हुदैछ । रुपन्देही लनटेनिस संघको आयोजनामा हुने प्रतियोगिताका लागि देविनगरस्थित कोर्ट रंगाईएको छ ।
४ वटै कोर्टहरु मर्मत भएका छन । ईटाको धुलो (सुर्कि) हाल्ने, नियमित पानी राख्नेमात्र नभई आर्कषण स्वागत गेट तयार भएका छन । चैत २० गतेसम्म संचालन हुने प्रतियोगितामा भारतबाट समेत खेलाडीहरु भाग लिने आयोजक संघका अध्यक्ष बिष्णु प्रसाद चापागाईले बताए । ‘नेपालका रेकिङ खेलाडीसहित भारतका समेत खेलाडीको सहभागीता खेलमा रहने छ।’– उनले भने । प्रतियोगितामा देशभरका २ सय भन्दा बढी पुरुष तथा महिला खेलाडीहरुको सहभागिता रहने छ ।
प्रतियोगिताको एकलतर्फ पुरुष–महिला, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरी ६ विधा रहेका छन् भने डबलतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरी ५ विधा गरी कुल ११ विधामा खेल हुने संघका सचिव मनोज नेपालले बताए ।
प्रतियोगितामा पुरुष/महिला एकलको विजेताले नगद ६०/६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिताका खेलहरु नेपाल लन टेनिस संघको स्वीकृति र अन्तर्राष्ट्रिय खेल नियम तथा मापदण्ड अनुसार सञ्चालन गरिने छ । २०७५ सालबाट बुटवल लन टेनिस संघले बुटवलमा पहिलो पटक राष्ट्रियस्तरको लनटेनिस प्रतियोगिता आयोजना गरेको हो । सोहि प्रतियोगितालाई निरन्तरता दिदै रुपन्देही लन टेनिस संघले सातौं संस्करणसम्म सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता तथा तेस्रो मेयर कपको पुरुष एकलतर्फको विजेता पोखराका प्रदीप खड्का हुन भने महिला एकलतर्फको विजेता काठमाडौंकी सुनीरा थापा हुन ।
भिडियो रिर्पोट























