Spread the love

बुटवल, ७ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नम्बर १ को युवा भेलाले मतदाता शिक्षा र घर दैलो कार्यक्रमलाई तिब्रता दिने निर्णय गरेको छ । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर तिलोत्तमा करहिया वन समितिको सभाहलमा बिहिबार युवाहरुको वृहत भेला सम्पन्न भएको हो ।

कार्यक्रममा रास्वपा महामन्त्री एवंम रुपन्देही १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनील लम्सालले आफनो उम्मेदबारी युवाहरुको पक्षमा रहेको उल्लेख गरे । युवाहरु भविष्यको कर्णधारमात्र नभएर वर्तमानका साझेदार रहेको भन्दै अब परिवर्तनको पक्षमा सबै युवाहरु उभिनुपर्ने बताए । देशमा सबैभन्दा पिडित वर्ग युवाहरु रहेको र युवा समाधानका लागि जाग्नुपर्ने समय आएको धारणा समेत राखे ।

भेलामा रुपन्देही १ का तिलोत्तमा, देवदह, रोहिणी र ओमसतियाका भेलामा ५ सय १७ जना युवा सहभागी रहेको र्याट संयोजक रोहित वाग्लेले बताए । युवाहरु मतदाता शिक्षा, घर दैलो कार्यक्रम लिएर निर्वाचन क्षेत्रका ३३ वटा वडाका मतदातासँग पुग्ने निर्णय भएको उनले बताए ।

भेलामा समानुपातिक उम्मेदवार श्रद्धा कुँवर, क्षेत्रीय सभापति मोहन जिसी, महामन्त्रीका राजनीतिक सल्लाहकार आशिष सुवेदी, अशिम श्रेष्ठ, लुम्बिनी प्रदेशका र्याट संयोजक शंकर भण्डारी, रुपन्देही र्याट संयोजक मेघराज पन्त लगायतले निर्वाचन तयारी र युवाको भुमिका बारे प्रकाश पारेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्