Spread the love

बुटवल,४ फागुन । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनेका रुपन्देही क्षेत्र नम्बर–१ का हिराबहादुर खत्रीले तिलोत्तमाका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेका छन् । सोमबार तिलोत्तमाको वडानम्बर–१५ र १६ का विभिन्न टोल तथा बस्तिहरुमा पुगेर मतदाताको भावना र सुझाव लिएका छन् ।

घरदैलोकको क्रममा मतदाताले उम्मेद्वार खत्री कृषक, ब्यवसायीसँगै स्थानीय विकासप्रेमी युवा नेता भएकाले आफ्नो क्षेत्रको विकासका लागि नै मतदान गरेर विजयी बनाउने बताएका छन् । मतदाताहरुले खत्रीलाई बिजयीको आर्शिवाद दिदै स्थानीय क्षेत्रको विकासका लागि स्थानीय उम्मेद्वार नै आवश्यक पर्ने भएकाले उनको अर्काे विकल्प नहुने बताएका छन् ।

घरदैलोको क्रममा खत्रीलाई भेटेका मतदाताहरुले कांग्रेसे पुरानो पार्टी भएरपनि युवाको चाहना अनुसार बदलिएकाले मुलुकको निकास र विकासकालागि एक मात्र पार्टी भएकाले आफुहरुको मत कांग्रेसलाई नै भएको विश्वास दिलाएका थिए ।
स्थानिय मतदाता सँग उम्मेद्वार खत्रीले युवाको चाहना अनुसार विकास निर्माण र सामुदायिक विकासका कार्यक्रम र योजनाहरुलाई प्राथमिकता दिने बताए। उनले क्षेत्रनम्बर एकमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकाले त्यसका बारेमा पनि समुदाय र कृषकलाई सुहाउँदो कार्यक्रम र योजना बनाउने कुरामा आफु गम्भिर रहेको बताए । निर्वाचन परिचालन सचिवालय समिति संयोजक विजय गुरुङका अनुसार रुपन्देहीका क्षेत्रनम्बर एकमा रहेका विभिन्न पालिकाहरुमा पुगेर घरदैलो तथा मतदाताहरुसँग सल्लाह सुझाव लिनेक्रम जारी रहनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्