बुटवल,२६ पुस । नेपाल आयल निगम लिमिटेडको ५६ औं वार्षिकोत्सव लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले बिभिन्न कार्यक्रम गरि मनाएको छ । निगमको प्रादेशिक कार्यालय भलवारीमा शनिबार एक कार्यक्रमको आयोजना गरि निगमले खेलकुद प्रतियोगिता तथा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान गरि मनाएको छ । प्रादेशिक कार्यालयले निगम सङ्ग समन्वय गरि पेट्रोलियम पदार्थको कारोवारलाई थप बिश्वसनिय बनाउन पुर्याएको योगदानको कदर गर्दै नेपाल पेट्रोलियम राष्ट्रिय एशोसिएशन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपाने र वरिष्ठ ब्यवसायी चोपनारायण श्रेष्ठलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
निगमले कम लस गरि अनुशासित ढङ्गले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर चालक दुर्बिजय प्रसाद थारुलाई पनि सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा निगमले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा प्रथम र दोस्रो भएका खेलाडीहरुलाइ शिल्ड, प्रमाण पत्र र पुरस्कार बितरण गरिएको छ ।
कार्यक्रममा निगमका लुम्बिनी प्रादेशिक प्रमुख शैलेन्द्र भुसालले बिगतमा ब्यवसायीले मागेजति पेट्रोलियम पदार्थ दिन नसक्ने अवस्थामा रहेको भलवारी डिपो हालको अवस्थासम्म आइपुग्दा भौतिक र रचनात्मक हिसावले धेरै प्रगति भएको बताए । नेपाल पेट्रोलियम राष्ट्रिय एशोसिएशनका लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले ,पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष हिमाल गैरेले, पश्चिमाञ्चल ट्याङ्कर ब्यवसायी संघका अध्यक्ष राकेश कसौधन निगमका प्रबन्धक सुरेन्द्र बिष्ट , उप प्रबन्धक पवन यादव, उपनिर्देशक रमहरी निरौला, नेपाल यातायात मजदुर सङ्गठनका अध्यक्ष दामु खरेल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।






















