बुटवल, २४ पुस ।
नेपाल डेरी एशोसियसन लुम्बिनी प्रदेशको छैटौ साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुन : थानेश्वर न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । विहिबार बुटवलमा सम्पन्न अधिवेसनबाट उपाध्यक्ष कमल प्रसाद भुषाल, सचिव विजय सापकोटा, कोषाध्यक्ष लेखनाथ भण्डारी, सहसचिव लिलाराम भुषाल (एलआर) तथा सदस्यहरुमा सन्दिप जैसवाल, लोकराज पोखरेल, काशीराम भट्टराई, कमल प्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदिप न्यौपाने, नवराज सापकोटा निर्वाचित भएको निर्वाचन समितिका कृष्ण भट्टराईले बताए ।
यसअघि औपचारिक कार्यक्रमको नेपाल डेरि एशोसियन संघ केन्द्रिय पूर्वअध्यक्ष मेघराज भण्डारीले उद्घाटन गर्दै डेरी ब्यवसायमा ६ लाख किसान आवद्ध रहेको तथा १ अर्ब भन्दा बढि राजश्व तिर्ने भएपनि सरकारबाट उचित नीति नहुदा समस्यामा रहेको बताए । नेपालको कुल ग्राहस्थ उत्पादन (जेडिपि) मा डेरी क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ ।
उधोगका रुपमा हेर्दा ग्लोबल डेरी सबैभन्दा ठुलो लगानीमा स्थापना भएको छ । यसबाहेक २ सय बढि डेरीहरु छन । लुम्बिनीमा १ हजार बढी डेरीहरु रहेका छन । दैनिक कुल उत्पादनको करीब ५ लाख लिटर दुध डेरी उधोगमार्फत बजारमा बिक्री हुदै आएको छ भने अनौपचारिक रुपमा करीब १० लाख लिटर उत्पादन भई खपत भैरहेको छ । करिब १ लाख परिवार यो पेशामा आश्रित रहेको छ ।



















