Spread the love

बर्दघाट, २२ पुस ।
माघ १३ गतेदेखी बर्दघाट एक्सपो आयोजना हुने भएको छ । उद्योग ब्यापार संघ बर्दघाटको आयोजनामा एक्सपो हुने भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

एक्सपो आगामी माघ १३ गतेदेखी माघ २५ गतेसम्म बर्दघाट नगरपालिकाको वडा नम्बर ४ स्थित बर्दघाट मण्डपमा हुनेछ । १३ दिनसम्म सँचालन हुने एक्सपोमा स्थानिय कृषि उपज, महिला उद्यमीका उत्पादन, घरेलु उद्योगका सामाग्री र राष्ट्रिय एवम् अन्तराष्ट्रिय उत्पादनहरु प्रर्दशनीमा राखिने एक्सपो सँयोजक एवम् सँघका अध्यक्ष राजु न्यौपानेले बताए । एक्सपोमा विभिन्न ब्यवशायिक स्टल, भेषभुषा सँस्कृति झल्कने स्टल, विभिन्न खानाका परिकार, बालउद्यान, र अन्य मनोरन्जनको ब्यवस्था समेत हुनेछ ।

प्रथम पटक आयोजित एक्सपोले पर्यटन प्रर्वद्धनमा समेत टेवा पुर्याउने आयोजक समिति सह सँयोजक दिनेश न्यौपानेले बताए । सह सँयोजक न्यौपानेले एक्सपोमा विभिन्न धार्मिक एवम् पर्यटकिय स्थलहरुको अवलोकनको ब्यवस्था समेत मिलाएको र एक्सपोलाई करिव १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ७ करोड रुपैयाको आर्थिक कारोवार हुने अपेक्षा रहेको बताए । एक्सपो प्रवेशका लागि साधारणतर्फ रु ८०, विद्यार्थीका लागि रु ६०, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निःशुल्क प्रवेशको ब्यवस्था मिलाईएको छ । मेलालाई धेरैभन्दा धेरै अवलोकनकर्ताहरु सम्म जानकारी पु¥याउने उद्देश्यले एक्सपो सम्बन्धि उत्कृष्ट कन्टेन्ट क्रियट गर्ने एक जनालाई १० हजार रुपैया पुरस्कार सहित निःशुल्क मेला अवलोकनको ब्यवस्था समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्