बुटवल, ९ असोज।
बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । आन्तरिक खेलाडीहरु बिचमा भातृत्व र खेलप्रतिस्प्रर्धामार्फत क्षमता विकास गर्ने उदेश्यका साथ शुरु भएको प्रतियोगिताको एक समारोहका बिच संस्थापक अध्यक्ष श्याम बहादुर पुनले मुख्य एम्पायर अर्जुन कार्कीलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै खेल शुभारम्भ गरे ।
क्लबको नियमित खेल प्रतियोगिता अन्तरगत खेलाडीहरु बिचमा भाईचारा विकास गर्ने र खेलभावना अझ निखार ल्याउने गरि आन्तरिक प्रतियोगिता आयोजना गरिएको क्लबका प्रथम उपाध्यक्ष शम्भु भट्टराईले बताए । प्रतियोगितामा क्लबका खेलाडीहरु विभिन्न समुहमा ३१ टिमले भाग लिएको संयोजक दल बहादुर क्षेत्रीले बताए ।
कार्यक्रममा अध्यक्ष नलराज नेपाल, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले प्रतियोगिताको सफलताको शुभकामना दिए । क्लबले वार्षिक योजना अनुसार खेल प्रतियोगिता, सामाजिक उत्तरदायित्व अन्तरगतका समुदाय केन्द्रिय कार्यहरु समेत गर्दै आएको छ ।




















