Spread the love

बुटवल, १० असोज । रुपन्देहीका मार्शल आर्ट खेलाडी तथा खेलकुद क्षेत्रमा सक्रिय बासुदेव बस्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. २ बाट खुला तर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय बस्यालले आफूले खेलकुदमार्फत हासिल गरेको अनुभव, अनुशासन, लगनशीलता र सामाजिक सक्रियतालाई राजनीतिक क्षेत्रमा समेत उपयोग गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

उनले पार्टीभित्र जिम्मेवार र प्रेरणादायी भूमिका निर्वाह गर्दै युवा तथा खेलाडीको आवाजलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन् । स्थानिय वडास्तरमा पार्टीको नेतृत्व, पार्टीको भातृृ संगठन तरुण दलमा समेत क्रियाशिल बश्याल खेलकुद क्षेत्रको विकास, युवा सहभागिता तथा सामाजिक उत्तरदायित्वका विषयमा आफूले प्राप्त गरेको अनुभवलाई पार्टी संगठनमा उपयोग गर्ने बताए ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट विभिन्न क्लस्टरमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ । प्रत्यक्ष, महिला, श्रमिक/पेसागत/विषयविज्ञ, ३५ वर्षमुनिका युवा, अपाङ्गता भएका व्यक्ति तथा समावेशी समूहबाट प्रतिनिधि चयन हुनेछन् । रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३३/३३ जना महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले जिल्लाबाट निर्वाचनमार्फत कुल १६५ जना प्रतिनिधि छनोट हुनेछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्