Spread the love

बुटवल,७ असोज ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि रुपन्देही डेरी व्यवसायी समितिले एक लाख एक हजार रुपैयाँ राहत सहयोग गरेको छ । बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समितिले राहत रकम उपलब्ध गराएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष विष्णुप्रसाद पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्