Spread the love

काठमाडौँ,५ असोज ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा भने १४१ जना घाइते भएका छन् ।

दुर्घटनामा गण्डकी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश, लुम्बिनी, कोशी प्रदेस र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

दुर्घटनामा मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने कोशीमा ४०जना, काठमाडौँ उपत्यकामा १६ जना, सुदूरपश्चिममा १८ जना, बागमतीमा ९ जना ,लुम्बिनीमा २७ जना र गण्डकीमा ९ जना घाइते भएका छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्