बुटवल, ४ असोज ।
सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १३ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनबाट संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा परियारले २३२ मत प्राप्त गर्दै ७० मत अन्तरले विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी रिमकुमारी श्रेष्ठले १६२ मत प्राप्त गरिन् । संस्थाको १३ सदस्यीय कार्यसमितिका अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक बलराम न्यौपानेले जानकारी दिए । संस्थाको उपाध्यक्ष प्रकाश खनाल, सचिव शंकर काफले, कोषाध्यक्ष खर्कराज खडाल, सहसचिव विजया पुनमगर तथा सदस्यहरु राजकुमार गुप्ता, नाजिर हुसैन (नदा), राजु शाही, देवि बिक, कमला श्रेष्ठ, संजय बिसी, सीता जोशी सर्वसम्मत भएका छन ।
यसैगरि संस्थाको लेखा समिति संयोजकमा ध्रुवराज खनाल, सदस्य गिरिराज भुषाल सर्वसम्मत भएका छन ।



















