Spread the love

भैरहवा, ४ असोज ।

ढुवानी व्यवसायी संघ लुम्बिनी ओमसतिया–२ पडसरी, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनले माधव प्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा भेषराज बस्याल, प्रथम उपाध्यक्षमा राम नारायण ठाकुर (मुन्ना), द्वितीय उपाध्यक्षमा विशाल रायमाझी, महासचिवमा बिनोद कुमार अर्याल, सचिवमा रिषि बाबु कुवँर र कोषाध्यक्षमा दिपक रेग्मी निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यमा हरि बहादुर थापा क्षेत्री, पुर्ण बहादुर के.सी., दिपक गौतम र जिवन श्रेष्ठ प्रधान निर्वाचित हुनुभएको छ । त्यसै गरी संघको पहिलो वैठकले सल्लाहकारमा रामकाजी श्रेष्ठ र विक्रम पन्थी मनोनित गरेको छ ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले विश्वमा भैरहेको प्रविधिको विकाससंगै यातायता क्षेत्रमा पनि त्यसको भरपुर प्रयोग गरि ढुवानीको सेवालाई स्मार्ट सेवाका रुपमा परिणत गर्न आग्रह गरे । उनले समय अनुसार व्यवसायीहरुले आफुलाई परिर्वतन गर्न नसकेमा त्यसले व्यवसाय अगाडी बढ्न नसक्ने बताए ।

प्रमुख खाँले भैरहवा क्षेत्रमा ट्रक पार्किङ क्षेत्रको पहिचान गरि ढुवानी व्यवसायीहरुसंगको सहकार्यमा ढुवानी ग्राम निमार्ण गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विशिष्ठ अतिथि ढुवानी व्यवसायी महासंघ, नेपालका अध्यक्ष माधव नेपालले ढुवानी क्षेत्रका समस्याहरुका बारेमा राज्यलाई महासंघले लिखित रुपमा नै राखेको उल्लेख गर्दै सरकारका केही नितिहरुका कारण ढुवानी व्यवसाय संकटमा परेको बताए ।
संघका अध्यक्ष माधव आचार्यको अध्यक्षता, उपाध्यक्ष विक्रम पन्थीको स्वागतमा भएको कार्यक्रममा प्रजातान्त्रिक यातायात व्यसायी महासंघका केनद्रीय वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, ढुवानी व्यवसायी समिति, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष शंकर लम्साल, भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थी, संघका सल्लाहाकार तथा लुम्बिनी ट्रक व्यवसायी संघका पूर्व अध्यक्ष विष्णु खरेल, नेपाल ट्रक यातायात व्यवसायी महासंघका लुम्बिनी अध्यक्ष यमप्रसाद पाण्डे, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमबहादुर जिसी, समाजवेवी विकास रायमाझी लगायतले मन्तवय राखेका थिए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्