Spread the love

बुटवल, ४ असोज ।
सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १३ औ वार्षिक साधारण सभा तथा ५ औ अधिवेसन सम्पन्न भएको छ । कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै नागरिककहरुको आधारभुत आवश्यकता पूरा गर्न सरकार सधै साथमा रहेको बताईन । विगतको सुन्दरनगरबाट आजको वास्तविक अवस्थामा आउदा धेरै परिवर्तन भएको भन्दै अब आयश्रोत बढाउने गरि संस्था लाग्न सुझाव दिईन ।

कार्यक्रममा संस्थाका अध्यक्ष बिरमान लामाले वार्षिक प्रगति विवरण पेश गर्दै सर्वहारा मजदुरहरुकाके बाहुल्यता रहेको बस्ती विकासमा धेरै चुनौतीहरु पार गरेको बताए । खानेपानीको आयोजना ल्याउनेदेखी बस्तीको विकाससम्मको चरणवद्ध क्रमलाई स्मरण गर्दै उनले अब वाटर ट्रिटमेन्ट प्लान्ट निमार्णका लागि समेत २ करोड रुपैया बजेट बिनियोजना भएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ६ का कार्यबाहक अध्यक्ष चिनु श्रेष्ठ, खानेपानी डिभिजन कार्यालय योगिकुटीका प्रमुख प्रकाश केसी, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, बुउवासंघका उधोग उपाध्यक्ष सुरज भट्टराई, चन्द्रनगर खानेपानी संस्थाका उपाध्यक्ष कृष्ण पोखरेलले नाम अनुसार नै सुन्दरनगर सुन्दर बन्न सफल भएको भन्दै बुटवलको विकासको नमुनाका रुपमा रहेको बताए ।

कार्यक्रममा संस्थाका सदस्यहरुमध्येबाट जेष्ठ नागरिक ९९ वर्षिय निलकण्ठा खनाल, जेहेन्दार विद्यार्थीहरु अशोक सार्की, मेनुका हमाललाई छात्रवृत्ति प्रदान गरिएको थियो । यसैगरि अपाङता भएका सदस्यहरु कृष्ण बहादुर गुरुङ, रामु दमाई, खगबहादुर सुनारलाई समेत दोसल्ला, नगदबाट सम्मान गरिएको सचिव प्रकाश खनालले बताए । संस्थामा कुल ६८७ जना उपभोक्ताहरु रहेका छन । यसैबिच संस्थाको अधिवेसनले नया नेतृत्व समेत निर्वाचित गर्नेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्