Spread the love

बुटवल,३ असोज ।

बुटवल–१५ मा रहेको सेमलार ब्याडमिन्टन क्लबको तेस्रो साधारणसभा तथा प्रथम अधिवेशनले पूर्णप्रकाश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नारायणप्रसाद भुसाल सचिवमा, सुनील सापकोटा सहसचिवमा तथा कृष्ण भुसाल कोषाध्यक्षमा चयन भएका छन्।

सदस्यहरूमा यज्ञ मरासिनी, कृष्ण थापा, विष्णु चौधरी र गगन पुन चयन भएको निर्वाचन समितिका संयोजक रुद्र शर्माले जानकारी दिए।बुटवल उपमहानगरपालिकाका प्रवक्ता एवं बुटवल–१५ का वडा अध्यक्ष शिव रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष पूर्णप्रकाश थापा, सचिव ईश्वरी तिरामु र कोषाध्यक्ष कृष्ण भुसालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा खेलाडीहरूको सहभागिता रहेको थियो ।

अधिवेशनमा विधान संशोधन तथा निर्वाचन समितिका संयोजक रुद्रप्रसाद शर्माले संशोधित विधान प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै पूर्व गाविस अध्यक्ष एवं सामाजिक व्यक्तित्व प्रेम शमशेर काफ्लेले सेमलारमा खेलकुदको विकासका लागि ब्याडमिन्टन खेलको सुरुवातदेखि हालसम्म भएका प्रयासको चर्चा गरे। क्लबका निवर्तमान अध्यक्ष एवं सामाजिक व्यक्तित्व भवानी शर्माले क्लबको गतिविधिबारे धारणा राखेका थिए।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्