Spread the love

बुटवल, १ असोज ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीपहिरोलाई राहत उपलब्ध गराउने उदेश्यका साथ लुम्बिनी निमार्ण ब्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार २ सय ११ रुपैया सहयोग गरेका छन ।

बुधबार एक समारोहका बिच संघका अध्यक्ष रमेश बेल्बासे, सल्लाहकार जबिन कक्षपति, महासचिव पृतम रौनियार, सचिव राजन ज्ञवाली, कोषाध्यक्ष यज्मय बेल्वासे, शाखा सचिव हिरा श्रेष्ठ, सदस्य पुरन कार्की, सदस्य सतिस मिस्राले सो रकम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष रमेश बेल्बासेले ब्यवसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वमा समेत आफुहरु अग्रसर रहेको बताए । निमार्ण ब्यवसायीहरुको तर्फबाट देशभरबाट आर्थिकमात्र नभई थप सहयोग भैरहेको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्