Spread the love

बुटवल, ६ भदौ ।
लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार वृहत वृक्षारोपण गरेको छ । डिभिजन वन कार्यालय रुपन्देही र पारिवारीक निजी वन संघ रुपन्देहीको प्राविधिक सहयोगमा संस्थाको स्वामित्वमा रहेको सुद्धोधन गाउपालिका वडा नं. २ स्थित हिरापुरको एक विगाहा क्षेत्रफलमा १ हजार १ सय टिकको बिरुवा लगाएको हो ।

एक समारोहका बिच डिभिजन वन कार्यालय रुपन्देहीका सिनियर डिभिजनल वन अधिकृत रुपन्देहीका प्रविण विडारी, पारिवारीक निजी वन संघ रुपन्देहीका अध्यक्ष विष्णु कुमार श्रेष्ठले संयुक्त रुपमा वृक्षारोपण गरि कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा सिनियर डिभिजनल वन अधिकृत रुपन्देहीका प्रविण विडारीले वृक्षारोपणको महत्वबारे प्रकाश पारे । रुख रोप्नु वातावरणीय हिसाबबाट मात्र नभई काठजन्य उद्योगलाई समेत आवश्यक पर्ने कच्चा पदार्थको सहज उपलब्धता हुने उनले बताए । रुख कटान गर्न पहिलेजस्तो कानुनी जटिलता नरहेको भन्दै उनले ब्यवसायिक रुपमा वृक्षारोपण गर्न आग्रह गरे ।

कार्यक्रममा पारिवारीक निजी वन संघ रुपन्देहीका अध्यक्ष विष्णु कुमार श्रेष्ठले आफु विगत १० वर्षदेखि निजी वनलाई प्रवद्र्धन र ब्यवसायिक रुपमा लगाउदै आएको बताए । पछिल्लोसमय ठूलो परिमाणमा विदेशबाट काठजन्य पदार्थको आयात भैरहेको बेला रोक्ने एकमात्र विकल्प निजी बन भएको समेत उनले बताए । सरकारबाट यस विषयमा विशेषचासो दिन जरुरी रहेको उनले औल्याए ।

कार्यक्रममा सहकारीका अध्यक्ष त्रिविक्रम श्रेष्ठले उत्पादनशिल क्षेत्रमा संस्थाको लगानी हुनुपर्ने हुदा पनि निजी बन एउटा विकल्पको रुपमा देखिएको बताए । यसरी वृक्षारोपण गरिदा सामाजिक र आर्थिक रुपमा समेत फाईदा मिल्ने उनले बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मुक्ति प्रसाद श्रेष्ठ, सचिव उमा राना, संस्थाका ब्यवस्थापक बिनोद प्रताप राणा लगायतले वृक्षारोपणको महत्व र सहकारीको अगुवाईको बारेमा चर्चा गरे ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्