Spread the love

बुटवल । स्याङ्जा कारिकोट–चण्डीभन्ज्याङ सम्पर्क समाज, रुपन्देहीको चौथो स्थापना दिवसको अवसरमा आइतबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एक कार्यक्रमका बिच नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री र समाजका अध्यक्ष शालिकराम पाण्डेले रक्तदातालाई संयुक्त रूपमा ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष इन्द्र पाण्डेले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रक्तदानजस्तो मानवीय सेवामार्फत मनाउन पाएकोमा खुसी व्यक्त गरे । उनले समाजले आगामी दिनमा पनि सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रमका नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदान जीवनदान र पुण्य काम भएको हुदा बढिभन्दा बढि अभियानमा जोडिन आग्रह गरे । उनले स्थापना दिवसमात्र नभई अन्य समयमा पनि मानवीय सेवामा योगदान पु¥याएको जरुरी रहेको बताए । रक्तदानअघि स्वास्थ्य परीक्षण गरिने र रक्तदानपछि रगतबाट सर्न सक्ने विभिन्न रोगको परीक्षणसमेत हुने भएकाले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन सकिने उनको दाबी छ ।

समाजका अध्यक्ष शालिकराम पाण्डेले स्थापना दिवसलाई औपचारिकतामा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले कार्यक्रममा सहभागी रक्तदाता, सहयोगी संस्था, स्वयंसेवक तथा समाजका सदस्यप्रति आभार व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समाजका वरिष्ठ उपाध्यक्ष केशवराज कोइरालाले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्