Spread the love

बुटवल, ११ साउन ।
मधुमेह, उच्च रक्तचाप र थाईराइडको विशेषज्ञ सेवा दिदै आएको शंकरनगरस्थित केन डायबिटिज एण्ड थाइराइड सेन्टरले दुई दिने निशुल्क आँखा तथा मधुमेह परिक्षण सेवा सम्पन्न गरेको छ । मंगल आइ केयरको प्राविधिक सहयोगमा सेन्टरले साउन ९ र १० गते दुईदिने निःशुल्क आँखा तथा मधुमेह परिक्षण कार्यक्रम गरेको हो ।

सहभागी विरामीहरुको निःशुल्क फास्टिङ र पीपी ब्लड सुगर परिक्षण तथा निःशुल्क आँखा परीक्षण गरिएको केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले बताए । धेरै थाइराइडका बिरामीहरु घाँटीको समस्या मात्र ठान्ने गरे पनि विशेषगरी हाइपरथाइराइडिज्म भएका बिरामीमा आँखा बाहिर निस्किने, सुख्खा हुने, पोल्ने, रातो हुने, डबल देखिने तथा दृष्टि कमजोर हुने जस्ता समस्या देखिन सक्ने भन्दै उनले संस्थाबाट वर्षेनी सचेतनामुलक कार्यक्रम गरिदै आएको बताए । ‘हाइपोथाइराइडिज्म भएका बिरामीले नियमित आँखा परीक्षण गराउन जरुरी हुन्छ ।’– उनले भने ।

स्वास्थ्य परिक्षणमा सहभागी बिरामीमध्ये १५ प्रतिशतमा विभिन्न प्रकारका आँखासम्बन्धी समस्या देखिएको वरिष्ठ आँखा रोग विशेषज्ञ डा. उपेन्द्र भारीले बताए । मधुमेह र उच्च रक्तचापका कारण पनि आँखामा गम्भीर असर पर्न सक्ने भन्दै उनले आँखा परिक्षण गर्न सुझाव दिए । केन सेन्टरले स्वास्थ्य सचेतना जगाउने उदेश्यका साथ वर्षेनी शिविर, खेलकुद कार्यक्रमका साथै चिकित्सक–बिरामी अन्तरक्रिया कार्यक्रम गर्र्दै आएको छ ।

 

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्