Spread the love

बुटवल, १ साउन ।
लामो समयदेखि बुटवलको घना बस्तीमाथि रहेको ३.३ केभिएको उच्च भोल्टेज (हाईटेन्सन) विद्युत् प्रसारण लाइन हटाउने कार्यमा सफलता हात लागेको छ । योसंगै बुटवल उपमहानगरपालिका वडा नं. ३ का करिब साढे पाँच सय घरधुरी प्रत्यक्ष रूपमा सुरक्षित हुने भएका छन । इलाका प्रहरी कार्यालय बुटवलदेखी उत्तरतर्फ १६ वटा विद्युत पोलहरु रहेको करीब १७ सय मिटर दुरीका विद्युत लाईन पहिलो पटक हटाईएको हो ।

बुटवल उपमहानगरपालिकाको पहल, नेपाल विद्युत् प्राधिकरणसँगको समन्वय तथा स्थानीयवासीको निरन्तर दबाबपछि बस्तीमाथि रहेको हाईटेन्सन लाइन स्थानान्तरणमा सफलता हात परेको वडाअध्यक्ष विष्णु प्रसाद ढकालले बताए । ‘वर्षौंदेखि विद्युत् दुर्घटनाको जोखिममा बस्न बाध्य स्थानीयले ठूलो राहत महसुस गरेका छन् ।’–उनले भने । स्थानियबाट केन्द्रसम्म धेरै पहल गरेपछि सफलता हात लागेको उनले बताए ।

बस्तीमाथिबाट गुज्रिएको हाईटेन्सन लाइनका कारण बेलाबेला आगलागी, करेन्ट चुहावट तथा अन्य सम्भावित दुर्घटनाको त्रासमा रहदै आएको स्थानिय रामापिथेकस पथका उमेश अधिकारीले बताए । घर नक्सा सम्पन्न नहुने धेरै कठिनाईमा रहदै आएको उनले बताए । ‘अब भने हामी सुरक्षित वातावरणमा बस्न पाउने भएका छौ ।’– उनले भने । घर निर्माण, मर्मत तथा अन्य भौतिक पूर्वाधार विकासका कामसमेत सहज हुने हुदा धेरै खुशी भएको उनले बताए ।

नागरिकको सुरक्षा र व्यवस्थित शहरी विकासलाई प्राथमिकतामा राख्दै यस्ता जोखिमयुक्त पूर्वाधार व्यवस्थापनलाई आगामी दिनमा पनि निरन्तरता दिने बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताए । हावाहुरीको बेला तार लत्रिएर करेन्ट लाग्ने डर, घर सम्पन्न प्राप्त गर्न नसकिने जस्ता जनताका समस्या अब समाधान हुने उनले बताए ।

नेपाल विद्युत प्राधिकरण वितरण शाखा बुटवलका पूर्व प्रमुख कपिलराज पाण्डेयको सक्रियतामा नितिगत रुपमा कठिन रहेको काम गर्न सफल भए । अहिलेसम्म यो नेपालमा नै पहिलोपटक हाईटेन्सन सार्ने काम भएको उनको दाबी छ । ‘यो अब अन्य ठाउका लागि समेत नजिर बस्ने छ ।’– उनले भने । विकल्प पहिचान गर्न सफल हुदा काम सफल भएको भन्दै उनले मेन हाईवे हुदै नया विकल्प तयार भएपनि नितिगत सफलता मिलेको बताए । अडहप्टनले १९६५ मा तिनाउ विद्युत पावर कम्पनीबाट उत्पादन भएको विद्युत बुटवल पावर कम्पनीको कार्यालयसम्म तार बिस्तारको काम भएको उनको भनाई छ । तत्कालिन समयमा बस्ती नभएपछि बिस्तारै घर निमार्णसंगै जोखिम बढेको उनले बताए । प्राधिकरणबाट हटाउन चाहेर पनि हटाउन नसकिरहेको बेला तत्कालिन अर्थमन्त्री विष्णु प्रसाद पौडेल, प्राधिकरणका कुलमान घिसिङ, स्थानिय पालिका सबैको सहयोगमा नीतिगत रुपमा काम गर्न सफल भएको उनले बताए ।

नेपाल विद्युत प्राधिकरण वितरण शाखा बुटवलका प्रमुख रितेश गुप्ताले केन्द्रिय बोर्डको बैठकबाट निर्णय चैतमा नै भएको बताए । विभिन्न चरणमा अनुगमन हुदै फाईल आउन ढिलाई हुदा काममा केही बिलम्ब हुन गएको उनले बताए । बुटवलकै राजमार्ग चौराहा देखि बेसक्याम्पसम्म १८ सय मिटर दुरीको ३३ केभिएको हाईटेन्सन लाईन समेत हटाउने उनले बताए ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्