बुटवल, १ साउन ।
रोटरी ई क्लब अफ मेडिको फ्युजन हाईब्रिड नेपालको छैटौ पद स्थापन तथा १३६ औ नियमित बैठक शुक्रबार सम्पन्न भएको छ । एक कार्यक्रमका बिच कार्यक्रममा रोटरी वर्ष २०२५/२६ का अध्यक्ष डा मन्जु गुभाजुले रोटरी वर्ष २०२६/२७ का अध्यक्ष डा. विनेश आनन्द शाक्यलाई पद हस्तान्तरण गरे ।
कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक गर्भनर ईलेक्ट डा.आईपी ढकालले चिकित्सक पेशामा लागेर पनि सामाजिक सेवा भावनासहित चलाईएको रोटरी अभियानको प्रशंसा गरे । ब्यस्त जिवनशैलीका बावजुद पनि क्रियाशिल भएर क्लबमार्फत समुदायमा महत्वपूर्ण योगदान दिन सकिने उदाहरण यहाबाट दिन सफल भएको उनको दाबी छ ।
कार्यक्रममा वर्ष २०२५/२६ का अध्यक्ष डा.मन्जु गुभाजुले आफ्नो कार्यकालमा भएका रोटरी गतिविधिबारे प्रकाश पार्दै निशुल्क स्वास्थ्य शिविर अन्तरगत दन्त, आखा, नाककान घाटी, मानसिक स्वास्थ्य लगायत विविध विधामा कार्यक्रम गरिएको बताईन । यसैगरि रक्तदान कार्यक्रम, वृक्षारोपण कार्यक्रम, सदस्यता वृद्धि लगायत कार्यक्रम गरिएको भन्दै यो वर्ष नगद १ लाख बराबरको शिक्षामा डिष्ट्रिक ग्राण्ड प्राप्त गरि थप कार्यक्रम गर्न पाउदा उत्साह मिलेको बताईन ।
कार्यक्रममा रोटरी वर्ष २०२६/२७ का अध्यक्ष डा. विनेश आनन्द शाक्यले क्लबको वार्षिक कार्ययोजना पेश गर्दै शिक्षा, स्वास्थ्यका क्षेत्रमा विविध कार्यक्रम गर्ने बताए । रोटरीको स्वास्थभन्दा माथि सेवाको मुल मर्मलाई आत्मसात गर्दै समुदायमा कार्य गर्ने उनले प्रतिवद्घता जनाए ।
कार्यक्रममा क्लबका सल्लाहकार एजाज आलमले रिजन ५ रोटरी डिष्ट्रिकमा सबैभन्दा धेरै सदस्य, फण्ड भित्राउने, टिआरएफमा योगदानका हिसाबमा अग्रसर रहेको भन्दै पछिल्लो समयमा तथ्याकमा कमजोर देखिएको बताए । यो सुधार गर्न सबै एकजुट हुनुपर्ने उनले सुझाव दिदै रोटरीको कामबाट समुदायमा पहिचान बनेको भन्दै प्रचारभन्दा पनि कर्ममा बढि विश्वास गर्नुपर्ने बताए ।
कार्यक्रममा डिष्ट्रिक एडभाईसर काउन्सिल चेयर आरसि आचार्य, क्लबका एसाईन एजी दुजेन्द्र बस्नेत, क्लबका संस्थापक अध्यक्ष डा सन्तोष पोखरेल, रोटरी क्लब अफ बुटवलका अध्यक्ष यदुनाथ पाण्डेय, क्लब मेन्टर डा प्रकाश बस्नेत, समाजसेवी बिमल बहादुर शाक्य, क्लबका सचिव रश्मिता थपलियाले धेरै ब्यस्तता रहने चिकित्सकहरुलाई क्लबको आवश्यकता जरुरी रहने भन्दै समाजसेवाको सेवाबाट आनन्द अनुभुती हुने बताए ।






















