Spread the love

काठमाडौं,१ साउन।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेल साधारण तारेखमा छुटेका छन् । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार सुनुवाइ गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

उनलाई आज विशेष अदालतले हालसम्म प्राप्त प्रमाणबाट पौडेलको संलग्नता स्पष्ट रूपमा नखुलेको, उनीमाथि लगाइएको आरोपमा उनले इन्कारी बयान दिएको तथा दीपक भट्टसँग वित्तीय कारोबार गरेको वा कुनै सम्पत्ति तथा आर्थिक लाभ प्राप्त गरेको देखिने प्रमाण नभेटिएको भन्दै सामान्य तारेखमा छाड्ने आदेश दिएको हो। पौडेललाई गत ८ असारमा सुर्खेतबाट पक्राउ गरिएको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्