बुटवल, १८ पुस । सरकारसंग ६ बुँदे सहमतिसँगै डा निकोलस भुसाल र हरिश विष्टले अनसन तोडेका छन । सरकार र अनसनरत दुई भुसाल र विष्टसँगको सहमतिसँगै ११ दिनमा अनसन तोडिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी हुन् । सहमतिपत्रमा भुसाल पक्षबाट उनी स्वयं र विष्टको हस्ताक्षर छ भने सरकारको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालको हस्ताक्षर छ ।
जेनजी आन्दोलनका क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग भुसाल अनसनमा बसेका थिए ।






















