Spread the love

बुटवल, २० जेठ ।
शान्तिको भुमिबाट प्रभावको भविष्यसम्म नारासहित एशोसियसन अफ नेप्लिज अलुमनी फ्रम अस्ट्रेलिया (आना) ले बुधबार लुम्बिनी प्रदेश मिट २०२६ गरेको छ । अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरूबाट स्नातक वा उच्च शिक्षा पूरा गरेका नेपाली दक्ष पेशेवरहरूको गैर नाफामूलक संस्था एशोसियसन अफ नेप्लिज अलुमनी फ्रम अस्ट्रेलिया (आना) ले संघियताको मर्म अनुसार प्रदेशस्तरमा सम्बन्ध विस्तार, सुझाव संकलन र अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।

कार्यक्रममा अष्ट्रेलियन एम्बेसीका साईमन ईन्स्ट्रले नेपाल परम्परा, संस्कृति र प्रकृतिमा धनि देश भएको बताउदै कतिपय भौगोलिक विकटताले विकासमा पछि परेको बताए । सामाजिक र मानविय विकासमा विस्तारै गति लिईरहेको उनले बताए । चुनौतिहरुको सामना गर्दै अघि बढ्दा सकारात्मक पक्षहरु देखापरेको भन्दै उनले स्थानियलाई समेटेर विकास अघि बढ्ने दाबी गरे । यो संस्थाको नेटवर्कबाट पक्कै पनि ग्रामिण क्षेत्रको विकास महत्वपूर्ण योगदान दिनेमा आफु विश्वास्त रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको ऐतिहासिक पृष्ठभुमिबारे प्रकाश पार्दै भारत र तिब्बतसम्म नुन, सुन र कपडाको ब्यापारको थलोका रुपमा रहेको बताए । यहाको प्राकृतिक सम्पदालाई उपयोग गर्न सके राम्रो पर्यटन विकास हुने उनले तर्क दिदै नगरलाई वातावरणिय, फोहोर ब्यवस्थापनको क्षेत्रमा उत्कृष्ट योजनामार्फत समाधाको मोडल विकास गर्न लागेको दाबी उनले गरे । बुटवलको सम्पत्तिको रुपमा दक्ष जनशक्ति रहेको भन्दै उनले विदेशबाट आएका युवाहरुबाट तालिम, योजनाहरुमार्फत आयआर्जनमा जोड्ने काम गरेको बताए । श्रम शाखामार्फत जोडेर वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई समेत अग्रसर रहेको तथा बालबालिकाको स्वस्थ्य, कृषि क्षेत्रमा समेत महत्वपूर्ण काम गरेको दाबी गरे ।

कृषि, वन, वातावरण, पर्यटनदेखी शिक्षालाई जोड्ने अन्तरक्रिया

यसैबिच लुम्बिनी प्रदेशको कृषि, वन, पर्यटन र शिक्षालाई जोड्ने गरि अन्तरक्रिया कार्यक्रम गरिएको छ । आनाका महासचिव सुर्दशन न्यौपानेले कार्यक्रमको सहजिकरण गर्दै अलुमनी समुदायसंग जोडिएर योगदान गर्न चाहेको बताए । संस्थाको मुख्य उद्देश्य नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनुका साथै अस्ट्रेलियाबाट सिकेको ज्ञान, सीप र विशेषज्ञतालाई नेपालको विकासमा उपयोग गर्नु रहेको उनले बताए ।

कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका बाली संरक्षण निर्देशक कामना अधिकारीले कृषि पकेटका रुपमा तीन तहकै सरकार समन्वय गरि योजना अघि बढेको बताईन । विदेश अध्ययन सकेर फर्केका युवाहरुलाई लक्षित गरि महत्वपूर्ण कार्यक्रम ल्याएको बताए । कृषि अनुदानमार्फत प्रोत्साहनका कार्यक्रम सरकारले चलाईरहेको उनको दाबी छ ।

कार्यक्रममा सिद्घार्थ हस्पिटालिटी सिईयो सन्तोष न्यौपानेले पर्यटन देशकै आर्थिक समृद्धिको आधार भएपनि यसमा तीन तहकै सरकारबाट नीतिगत रुपमा सहयोग नगरेको दुखेसो गरे । नीजि क्षेत्रबाट भएको अरबौ लगानी भएको क्षेत्रलाई प्रवद्र्धन हुने गरि योजना ल्याउन सुझाव दिए । पयर्टनमैत्री र युवामैत्री नीतिसंगै लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने गरि कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

कार्यक्रममा युनिसेफ नेपालका दिपक कुमार श्रेष्ठले मानव विकासका सुचकहरु हेर्दा कर्णाली र सुदुरपश्चिममा पिडादायी तथ्याक रहेको बताए । पाच वर्षमुनिका बालबालिकाको स्वस्थ्य अवस्था, बाल विवाह, कुपोषण लगायतका धेरै समस्याहरु समाजमा रहेको उनले अनुभव सुनाए । भौगोलिक अवस्थितिका कारण विकासबाट पछि परेको देखिने भन्दै उनले अभिभावक शिक्षित भएको खण्डमा बालबालिकामा गरिबिको दर कम हुने तथ्याकबाट पुष्टि भएको बताए । बन्चितिकरणको दुश्चक्रको ब्याख्या गर्दै विद्यालय छोड्ने बालबालिकाबाट बालबिवाह र पाँच वर्षमुनिको मृत्युदर बढि रहने उनको तर्क छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत मनोज न्यौपानेले नेपाल अझ लुम्बिनी प्रदेश प्राकृतिक श्रोतसाधनमा धनि भएको बताए । हरियो वन नेपालको धन भन्ने उखान वास्तवमा समुदायस्तरको आर्थिकस्थर उकास्ने गरि सफल साबित भएको उनले बताए । वनलाई विकासमा बाधाका रुपमा हेरिने गरेको तर्क दिदै उनले मानव–वन्यजन्तु द्धन्द्ध लगायतका धेरै समस्यहरु समुदायमा रहेको बताए ।

यसअघि बागमतीको काठमाडौं, गण्डकीको पोखरा, कोशी–मधेश प्रदेशको ईटहरी, सुदुरपश्चिम–कर्णाली प्रदेशको धनगढीमा कार्यक्रम गरिसकेको आनाका कार्यालय प्रमुख सुजनसिह कार्कीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्