Spread the love

बुटवल, ३१ वैशाख ।
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल हस्पिटल प्रा.लि. बीच विभिन्न स्वास्थ्य सेवामा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार ईक्यान रुपन्देहीसँग आबद्ध सदस्य, कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालबाट प्रदान गरिने विभिन्न उपचार सेवामा ५ देखि १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द वस्नेत र बुटवल हस्पिटल प्रा.लि.का महाप्रबन्धक देवेश कर्णले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा इक्यानका अध्यक्ष वस्नेतले सम्झौताबाट ईक्यानसँग आबद्ध सदस्यहरूलाई सहज तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । महाप्रबन्धक कर्णले गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै उपचारका लागि बुटवल बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताल प्रतिबद्ध रहेको बताए ।

सम्झौता कार्यक्रममा ईक्यान रुपन्देहीका उपाध्यक्ष दिपेश अर्याल, कोषाध्यक्ष राम खरेल, कार्यसमिति सदस्यहरू राम खड्का र जीडी सिखर धिताल तथा बुठवल हस्पिटल प्रा.लि.का प्रशासन प्रमुख विक्रम खडका, बजार व्यवस्थापक सुमन तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्