Spread the love

बुटवल, १३ वैशाख ।
रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगितामा रोमाञ्चक जित निकाल्दै समपूर्ण युवा क्लब, सुपौली क्वाटरफाइनलमा स्थान बनाएको छ । आइतबार सम्पन्न तेस्रो प्रिक्वाटरफाइनलमा समपूर्णले न्यु युथ युनियन क्लब, तानसेन पाल्पालाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान बनाएको हो ।

रामनगर खेलमैदानमा भएको खेलमा समपूर्णका लागि सन्देश यादव, सुगम ठकुरी र आश्विन पुनले गोल गरे । न्यु युथ युनियनका लागि भने सन्तोष घर्ती र सन्दिप केसीले गोल गरेका थिए । खेलमा समपूर्णका सन्देश यादव प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिता अन्तर्गत सोमबारको खेल विभागीय टोली तारा दल गण, बुटवल र योङ ब्वाईज एफसी, देवदह बीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

लखन ब्रदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्