Spread the love

बुटवल, १ बैशाख ।
सामरिक महत्व बोकेको पाल्पाको नुवाकोटमा दुई दिने महोत्सव शुरु भएको छ । नया वर्षको अवसरमा नुवाकोट विकास समिति, तिनाउ पाल्पाको आयोजनामा मंगलबार प्रथम नुवाकोट महोत्सव सुरु भएको हो ।

महोत्सवको एक समारोहका बिच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले उद्घाटन गर्दै ऐतिहासिक तथा वीरगाथा बोकेको नुवाकोट क्षेत्रको पर्यटन विकासमा महोत्सव उपयोगी हुने बताए । उनले ऐतिहासिक, युद्वकला, पर्यटन र प्रकृतिमय सन्देशका लागि महोत्सव कोशेढुङ्गा हुने उल्लेख गरे ।

कार्यक्रममा नुवाकोट विकास समितिका संस्थापक अध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य माननीय भोजप्रसाद श्रेष्ठले नुवाकोटलाई विश्व सामू चिनाउनका लागि यस्ता महोत्सवको निरन्तर हुनुपर्ने बताए । नौलो तरिकाले सूचना प्रवाह हुने गरि नुवाकोटलाई पर्यटन गाउँ घोषणा गर्न आफूहरु लागिपरेको समेत उनले बताए ।

महोत्सवमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, समितिका निवर्तमान अध्यक्ष माधव नेपाल, पूर्वअध्यक्ष डा.कृष्ण न्यौपाने, समितिका अध्यक्ष पीएल श्रेष्ठले नुवाकोटको पर्यटन विकासमा स्थानिय बासिन्दाको साथ र सहयोगकै कारण सफलता मिलेको बताए ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो । बैसाख २ गते विहान ८ वजेदेखि पर्यटन सम्बन्धि गोष्ठीमा युवराज घिमिरेले कार्यपत्र पेश गर्ने छन् भने दलबहादुर गुरुङले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । दिउँसो कृष्ण कंडेलको ईन्द्रेणी सांस्कृतिक परिवारको भव्य सांस्कृतिक प्रस्तुति रहने महोत्सव आयोजक समितिका संयोजक माधव नेपालले जानकारी गराए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्