बुटवल, ३० चैत ।
रुपन्देही र पाल्पाका सामुदायिक वनमा प्रत्येक वर्ष डढेलो लाग्ने गर्दछ । जंगलमा लाग्ने यस्तो आगलागीसंगै वन्यजन्तु, जडिबुटीका साथै मानविय क्षतिसमेत हुने गर्दछ । रुपन्देही र पाल्पाका सीमावर्ती चुरे क्षेत्रमा डढेलो नियन्त्रणको अभियान शुरु गरिएको छ । डिभिजन वन कार्यालय पाल्पा तथा तिनाउ सवडिभिजन वन कार्यालयको सहयोग तथा सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाको आयोजनामा सोमबार पाल्पामा वन डढेलो ब्यवस्थापन र अग्नि नियन्त्रण दस्ता गठन, परिचालन सम्बन्धी कार्ययोजना निर्माण तथा छलफल कार्यक्रम गरिएको छ ।
कार्यक्रममा अभियन्ता दल बहादुर गुरुङ, डिभिजन वन कार्यालय पाल्पाका वरिष्ठ वन अधिकृत प्रेम चौधरी र संस्थाका सल्लाहकार राजेश श्रेष्ठले सहजिकरण गरेका थिए । सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाका अध्यक्ष दल बहादुर गुरुङले सिवालिग पहाडमा पर्ने चुरेमा वन डढेलो लाग्दा हुने समस्याबारे उठान गरे । वनमा आगो लाग्दा माटो कोमलो हुने र वर्षाका बगाउने र यसलबाट विपदको सामना गर्नुपर्ने उनले बताए । वन डढेलो सचेतनाबारे प्रत्येक वर्ष सरकारले चैत १ दखि ७ गतसम्म डढेलो नियन्त्रण र सचेतना कार्यक्रम गर्दै आएको भन्दै यसलाई प्रभावकारी बनाउने जिम्मेवारी सरोकारवाला सबैको भएको उनले बताए । सामुदायिक वनमा साधनश्रोतको अवस्था, सामुदायिक वनमा अग्नी नियन्त्रण दस्ता गठन, मानविय जनशक्ति, रिसार्च सेन्टरका रुपमा पोखरी खन्ने काम जस्ता अनिवार्य विषयहरु भएको उनले बताए ।
डिभिजन वन कार्यालय पाल्पाका वरिष्ठ वन अधिकृत प्रेम चौधरीले सामुदायिक वनमा पर्याप्त बजेट हुदा पनि आवश्यक सामग्री र योजना नबनाउने समस्या देखिएको बताए । डिभिजन वनबाट निरन्तर आवश्यक सामग्री वितरण र सचेतना कार्यक्रम गर्दै आएको बताए । वन डढेलोलाई शुन्य गर्ने अभियानमा लाग्न उनले सुझाव दिए । जैविक विविधता, दस्ता गठन गर्नुका फाईदाहरुबारे उनले प्रकाश पारे । यसैगरि शुन्य डढेलो क्षेत्र घोषणा र पुरस्कार प्रोत्साहन जस्ता कार्यक्रमलाई समेत जोडदै जाने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सहभागी दुर्गा बहादुर थापाले वन डढेलो रोकथामका तालिमसंगै आवश्यक प्रविधियुक्त साधनहरु उपलब्ध गराउन माग गरे ।
यसैबिच सामुदायिक वनका एक जना पदाधिकारी र दुई जना युवा सहभागी गराएर अग्नि नियन्त्रण दस्ता गठन गठन गरिएको छ । दुर्गा बहादुर थापाको संयोजकत्वमा गठन भएको १५ सदस्यीय दस्ताको सचिव भागिरथी सुस्लिङ रहेका छन । यसैगरि सदस्यहरुमा तेज कुमारी तरामु, यज्ञ प्रसाद खरेल, मिना खत्री, प्रेम बहादुर सूर्यबंशी, जुना लाम्टाङे, कृष्ण खड्का, दिल बहादुर सारु, भिम बहादुर थापा, काशीराम खत्री, भिम बहादुर खत्री, गोमा मगर, धनीसरा पाण्डे र चन्द्रा राना रहेका छन । यसैबिच दस्तालाई थप क्रियाशिल बनाउन १५ हजार रुपैया बराबरको अक्षयकोष स्थापना गरिएको छ । रुपन्देहीसंग जोडिएका पाल्पा तिनाउका सिमामा १७ वटा सामुदायिक वनलाई समेटेर गठन भएको दस्ता बिस्तारै पाल्पामा ८४ वटा सामुदायिक वनहरु गठन गरिने समितिका महासचिव गणेश रासकोटीले बताए ।
भिडियो रिर्पोट


















