Spread the love

बुटवल, २२ चैत ।
नेपाली सेनाबाट अवकास प्राप्त भूपू सैनिकहरु, पारिवारीक निवृत्तिभरणमा रहेका परिवारजनहरुको पुर्नमिलन तथा भावनात्मक सम्बन्ध थप सुदृढ गर्ने गरि नेपाली सेना भूपू सैनिक सम्मेलन २०८२ तथा पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ ।
मध्यपश्चिम पृतना हेक्वा परिसरमा आईतबार सम्पन्न सम्मेलनको नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबाट औपचारिक उद्घाटन गर्दै यो भेटघाट र पुर्नमिलन केवल अवकास प्राप्त सैनिक र पारिवारीक निवृत्तिभरणमा रहेका परिवारजनहरुको पुर्नमिलनमात्र नभई भावनात्मक सम्बन्ध थप सुदृढ गर्दै हिताधिकारीहरुको वास्तविक समस्या बुझने, कल्याणकारी कार्यक्रमलाई समयानुकल सुधार गर्ने र भविष्यका लागि तय गरिने नीति तथा कार्यक्रमलाई ब्यवहारिक बनाउने अवसरको रुपमा रहेको बताए । मुख्य सम्मेलन केन्द्र र उपसम्मेलन केन्द्र उत्साहजनक सहभागीबाट सेवारत सैनिकहरुलाई थप उर्जा प्रदान गर्ने तथा सम्बन्ध प्रगाढ बनाएको उनले बताए ।

नेपाली सेनाले नेपालको स्वतन्त्रता, स्वार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकतालाई अछुन्न राख्न ईतिहासदेखी नै अतुलनिय योगदान दिदै आएको विविद नै छ । नेपाली सेनाको ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीलाई सामना गर्न सक्ने सक्षम संस्थाको रुपमा नेपाली सेनालाई थप विकास गरि भावि पुस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको उनले बताए । गतवर्ष पहिलो चरणमा सुदुरपश्चिम पृतना र उत्तरपश्चिम पृतना अन्तरगतका क्षेत्रका भूपूहरुको कार्यक्रम गरिएको तथा यसैको निरन्तरता दिदै यो वर्ष पश्चिम र मध्यपश्चिम पृतनामा गरिएको उनले बताए । हिताधिकारीहरुको स्वस्थ्यलाई सहजता दिने गरि अस्पतालको उपयोगीता बढाउन उनले आग्रह गरे । आत्मनिर्भरमुखी बनाउने गरि लग्नु आजको आवश्यकता भएको भन्दै नेपाल मेघा ईन्भेष्टमेन्ट बैकको सहकार्यमा उत्पादनमुखी क्षेत्रमा सुलभ कर्जाको अभियान चलाईएको समेत बताए । कार्यक्रममा सहुलियतपुर्ण कर्जा तथा उद्यमीहरुलाई रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत हिरालाल जोशीले सम्मेलनको उदेश्यबारे प्रकाश पार्दै आपसमा भेटघाट गर्ने, आफना अनुभव आदानप्रदान गर्ने, विगतको आफनो सैनिक जिवनप्रति गर्व गर्ने अवसरका रुपमा कार्यक्रम भएको बताए । सामुहिक रुपमा काम गर्ने विशेषता बोकेको सेनाहरु एक आपसमा आवद्ध भई काम गर्न सके त्यसबाट काम र नतिजा अझ बढी प्रभावकारी र सार्थक हुने उनले बताए । कल्याणकारी सेवासुविधा सजिलै प्राप्त गर्ने वातावरण बनाउन भूपूसैनिकहरुको संजाल जिल्लास्तर हुदै पालिका र वडाहरुमा बिस्तार गर्ने कार्य प्राथमिकताका साथ भैरहेको उनले बताए । हाल संचालित कल्याणकारी सेवाबारे जानकारी दिन समेत कार्यक्रम गरिएको उनले बताए । शान्ति सेनाका भैरहेको कटौतीका कारण बैकको भत्ता र बैकको ब्याजदरमा भैरहेको कमीका कारण कल्याणकारी श्रोतको आम्दानी घट्दै गैरहेको छ जसका कारण शिक्षा, स्वस्थ्य रोजगार जस्ता लगायतका सेवा सुविधा संचालन गर्नै धेरै कठिनाई भएको उनले दुखेसो गरे ।

भुपुसैनिक तथा एकल महिलाहरुको मार्चपास, जेष्ठ एकलमहिलाहरुलाई सम्मान, ह्वीलचेयर हस्तान्तरण गरिएको मध्यपश्चिम पृतना हेक्वाका पृतनापति उपरथी हिम्मतबहादुर विष्टले बताए । सम्मेलनमा रुपन्देही, नवलपरासी, कपिलबस्तु लगायत विभिन्न जिल्लाबाट गरि ४ हजार बढि भूपू सैनिकहरु सहभागी थिए ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्