काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदबार बालेन शाहले काठमाडौँको सिनामंगलस्थित अन्नपूर्ण विनायक स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
हाल राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता रहेका शाह यस पटकको निर्वाचनमा भने झापा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन । निर्वाचनका क्रममा उनी झापामा सक्रिय प्रचारप्रसारमा जुट्दै आएका थिए । निर्वाचन आयोगले तोकेको समयअनुसार देशभर शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















