Spread the love

भैरहवा, १४ फागुन ।

११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा नेपथ्य कलेज र न्यु होराइजन कलेज उपाधि भिडन्त हुने भएको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपथ्यले बुटवल कालिका क्याम्पसलाई ३ विकेट तथा न्यू होराइजनले प्यारामाउण्टलाई ८ विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल कालिकाले ८ विकेट गुमाएर ९९ रन बनायो । उसका लागि सन्देश थापाले २१, राज खनालले १६, विशाल भुसालले १५ र रोहित पासवानले १४ रन बनाए । बलिङमा नेपथ्य कलेजका सन्दीप यादव र गणेश धितालले २–२ तथा रोशन बस्याल, प्रविण ढकाल र आरिफ अहमदले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको नेपथ्यले ७ विकेट गुमाएर एक सय रन बनाउँदै जित हात पार्यो । उसको जितमा प्रतीक भट्टराईले ३५, सन्दीप यादवले ३४ र लक्ष्मण कुमालले १० रनको योगदान गरे । बलिङमा बुटवल कालिकाका विशाल भुसालले ३ र विपिन भट्टराईले १ विकेट लिए । खेलमा सन्दीप यादव प्लेयर अफ द म्याच घोषित हुदै पुरस्कृत भए ।

यस्तै, दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको प्यारामाउण्टले निर्धारित खेलमा सबै विकेट गुमाएर ९९ रन बनायो । उसका लागि सन्देश पन्थीले २९, देव खनाल र सागर भण्डारीले समान १६–१६ तथा तुलबहादुर थापाले १२ रन बनाए । बलिङमा न्यु होराइजनका महेश भर, विप्रसन केसी र अमर मिश्राले २–२ तथा शुभम खनालले १ विकेट हात पारे ।

प्रतिउत्तरमा न्यु होराइजनले १५ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय २ रन बनाउँदै जित निकाल्यो । उसको जितमा संगम पाण्डेले अविजित ३३, प्रिन्स पालले २९ र अमर मिश्राले १९ रन जोडे । बलिङमा प्यारामाउण्टमा आशुतोष पाण्डेले २ विकेट लिए । खेलमा अमर मिश्रा प्लेयर अफ द म्याच घोषित हुदै पुरस्कृत भए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ पाउने छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्