Spread the love

बुटवल, ७ मंसिर ।

बुटवलमा दैनिक १२० युनिट रगत आवश्यक पर्छ । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा दैनिकजसो बिरामीका आफन्तको लाईनले यसको पुष्टि गर्छ । खपत हुने रगतको जोहो अहिले सबैभन्दा चुनौती बनेको छ ।

यही कठिनाईको बेला सोमबार बुटवलमा रोटरी क्लब अफ बुटवल डाउनटाउन, रोटरी क्लब अफ बुटवल साउथ, रोट्याक्ट क्लब अफ बुटवल साउथ, रोट्याक्ट बुटवल डाउन टाउनको संयुक्त आयोजनामा मेघा ब्लड डोनेसन कार्यक्रम गरिएको छ । कालिका मानव ज्ञान मावि परिसरमा भएको कार्यक्रममा बिनिसा बस्नेत पहिलोपटक रक्तदानमा सहभागी हुदा खुशी लागेको बताईन । केही डर लागेको भएपनि रक्तदान गरेपछि फेरि पनि रक्तदान गर्ने साहस बढेको उनले बताईन ।

यस्तै ११ कक्षामा पढ्दै गरेकी सुप्रिया शाह शुरुमा नर्भस भएकी थिईन । रक्तदान गरिसकेपछि धेरै खुशी लागेको उनले बताईन । शरीरमा स्वत खेर जाने रगतबाट बिरामीलाई बचाउन सकिने हुदा पनि यो रक्तदान पुण्य काम भएको उनले बताईन ।

मेघा रक्तदान कार्यक्रमबाट बुटवलमा देखिएको रगत अभावलाई रोक्न योगदान दिने प्रयास भएको आयोजक डाउनटाउन क्लबका अध्यक्ष धर्मदत्त ज्ञवालीले बताए । रक्तदानमात्र नभई शिक्षा, स्वास्थ्य र सरसफाई लगायतका क्षेत्रमा समेत आफुहरु काम गर्दै आएको उनले बताए । वार्षिक कार्ययोजनामात्र नभई फरक र समुदाय केन्द्रित कार्यक्रमलाई जोडेर समुहगत रुपमा काममा आफुहरु लागेको उनले बताए ।

समाजसेवामा अग्रसर बनाउन आफुहरु यस्ता किसिमको ब्यवहारिक र ज्ञानमुलक कार्यमा विद्यार्थीहरुलाई सहभागी बनाउने गरि काम गर्दै आएको क्लब अफ बुटवल साउथका अध्यक्ष नित्यानन्द ज्ञवालीले बताए ।
विद्यार्थीहरु बिचमा रक्तदानजस्तो अभियानमा आवद्ध गराउन सहयोग हुने गरि महत्वपूर्ण रुपमा संयुक्त कार्यक्रम गरिएको रोट्याक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष रोशनी भण्डारीले बताईन । हरेक युवा १८ वर्ष पुरा संगै रक्तदान गर्न सकिने हुदा पनि यो संदेश बुझाउन आफुहरु सफल भएको उनले बताईन ।

१८ वर्ष पुरा भएका कक्षा ११ र १२ का विद्यार्थीहरु रहेका विद्यालय केन्द्रित रक्तदान कार्यक्रम अहिलेको रगत अभाव कम गर्ने उपयुक्त र महत्वपूर्ण भएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए । रक्तदानमा सहभागी भएको एक जनाबाट वर्षभरि नै कम्तीमा ४ पटक रक्तदानमा सहभागी बनाउन सकिने हुदा नया र युवा रक्तदाता जोड्ने गरि कार्यक्रम गर्नुपर्ने उनले बताए । स्वयंसेवी रक्तदाताहरु खोज्ने र रक्तदानमा जोड्ने अभियानमा यहाका विभिन्न सामाजिक संस्थाहरु निरन्तर लागेका छन ।

विशेष गरि यहाका अस्पतालहरुमा उपचारमा रहेका मृगौलापिडित डायलोसिस बिरामी, सडक दुर्घटनाका घाईते, सुत्केरी महिला तथा डेगुका बिरामीलाई रगत खपत हुने गरेको छ । कार्यक्रममा ८३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक किशु शर्माले बताए ।

 

">
Bajaj Grand Exchange Mela