Spread the love

काठमाडौं,६ मंसिर ।

काठमाडौंमा पार्किङ गरी राखेको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकै खाली जग्गामा पार्किङ गरी राखिएको बा १ ज १८०५ नम्बरको माइक्रोबस चोरी भएको सूचनापछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलासका क्रममा मंसिर ५ गते बिहान १०ः३० बजे स्वयम्भूस्थित बुद्ध पार्कबाट चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लेखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन् ।

उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

">
Bajaj Grand Exchange Mela