Spread the love

काठमाडौं,६ मंसिर ।

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणमा गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री शाह भारत भ्रमणमा रहेसम्म श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । प्रधानमन्त्रीको वरियताक्रममा श्रेष्ठभन्दा अगाडि रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँगै भारत भ्रमणमा गएका छन् । वरियता क्रम अनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री शाह आइतबार ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा प्रस्थान गरेका हुन् ।

">
Bajaj Grand Exchange Mela